दर्तावाल फर्निचर संग मात्र कारोबार गर्न फर्निचर ब्यबसायीको अनुरोध

 


दर्तावाल फर्निचर संग मात्र कारोबार गर्न फर्निचर ब्यबसायीको अनुरोध



पुस २८ लेखनाथ

साविक लेखनाथ क्षेत्रमा फर्निचर सञ्चालन गरिरहेका व्यवसायीहरुको छाता संगठन लेखनाथ फर्निचर व्यवसायी संघले व्यवसाय जोगाउन समस्या परेको गुनासो पोखेका छन् ।


विगत ८ वर्षदेखि संघले व्यवसायीहरुको हक हितमा काम गरिरहेको तर यतिवेला बाहिरवाट आएर विना दर्ता, विना ग्यारेन्टी काम गरेर भाग्ने समूहका कारण फर्निचर व्यवसाय नै धरापमा पर्न गएको गुनासो गरेका छन् ।


शनिबार लेखनाथको तालचोकमा आयोजित पत्रकार भेटघाटमा व्यवसाय जोगाउन कै लागि हारगुहार गर्नुपर्ने भएको अध्यक्ष रबिन सुनारले बताए ।


करोडौ लगानी गरेर सरकारलाई कर तिरेर, जग्गा भाडा, कर्मचारी पालेर व्यवसाय सञ्चालन गरेका छौं तर पटक पटक घरेलु, उद्योग वाणिज्य संघ तथा स्थानिय निकायमा जानकारी गराउंदा समेत सुनुवाइ नभयपछी पत्रकार सम्मेलन गरेर आफ्नो ब्यबसाय नै मर्कामा परेको उपाध्यक्ष सत्येन्द्र दासले सुनाए । उनले दर्तावाल फर्निचरको बाट बिल लिएर मात्र फर्निचरको किन्न ग्राहक हरुलाई अनुरोध समेत गरेका छन्।