नवज्योति सनत दुर्गा आधारभूत विद्यालयको ३२औं वार्षिकोत्सव सम्पन्न

 

नवज्योति सनत दुर्गा आधारभूत विद्यालयको ३२औं वार्षिकोत्सव सम्पन्न

२०७९ फागुन ०५ ।

( सिटी अफ सेबेन लेक्स डट कम ) तस्बिर–सुजित


२०४७ सालमा स्थापित श्री नवज्योति सनत दुर्गा आधारभूत विद्यालय पोखरा म. न. पा ३० आपडाँडा, मोहरिया, कास्कीले आफ्नो ३२औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमका बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदीले वडाले शिक्षा क्षेत्रलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

उक्त कार्यक्रममा सभाध्यक्ष वि. व्य. स. अध्यक्ष श्री नारायण प्र.सुवेदी, विशिष्ट अतिथि विद्यालयका भवन निर्माणकर्ता पोखरा महानगरपालिका वडा नं ८, सिमलचौर निवासी श्री सनत कुमार श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठ, पोखरा महानगर कार्यपालिका सदस्य भिम कुमारी पुन,  पोखरा महानगरपालिका वडा नं ३० का जनप्रतिनिधि उमा परियार, विनोद प्रसाद लामिछाने, अतिथि त्रिभुवन शान्ति नमुना मा. वि. का व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद पौडेल, संक्रामक तथा सरुवारोग अस्पताल मोहोरियाका अध्यक्ष केदार लामिछाने, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार मित्रलाल सापकोटा, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, अमरसिद्ध नमुना मा.वि.का प्रधानाध्यापक विष्णु प्र. पौडेल, छिमेकी विद्यालय शान्ति आधारभूत विद्यालयकी प्रधानाध्यापक अमृता तिवारी, विद्यालयका प्रधानाध्यापक रमा पौडेल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।


लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी तालचोकका सचिव कृष्ण तिवारीले विद्यालयलाई खेलकुदसामाग्री सहयोग गर्नु भएको थियो साथै पोखरा महानगरपालिका वडा नं ३० ले शैक्षिक सामाग्री सहयोग गरेको थियो । कार्यक्रम संचालन संस्थापक प्र.. लिलामणी त्रिपाठी र शिक्षिका सञ्जु वञ्जराले गर्नु भएको थियो ।