त्रिभुवन शान्तिमा खेलकुद सप्ताह सम्पन्न

 त्रिभुवन शान्तिमा खेलकुद सप्ताह सम्पन्न




 त्रिभुवन शान्तिमा खेलकुद सप्ताह सम्पन्न

लेखनाथ,  कार्तिक ३० ( सिटी अफ सेबेन लेक्स डट कम ) तस्बिर–सुजित

 विद्यालयको वार्षिक कार्यतालिका अनुरुप श्री त्रिभुवन शान्ति नमुना मा.वि. पोखरा म.न.पा.–३०, ले कार्तिक २७ देखि ३० गतेसम्म विद्यार्थीहरुबीच अन्तरसदनात्मक प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह स्तरिय खेलकुद सप्ताह सम्पन्न गरेको छ ।

प्रतियोगितामा भलिबल, म्याराथन, सटपुट, भाला, रस्साकस्सी, लिँङो चढाइ, दौड, रिले दौड, हाइ जम्प,लङ जम्प, म्युजिकल चियर, चम्चा दौड, हिसाब दौड, चक्लेट रेस लगायतका खेलहरु सम्पन्न भएको जानकारी विद्यालयका सह–प्रधानाध्यापक रामचन्द्र भण्डारीले गराएका थिए । समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकराज ढकालले हरेक वर्ष मंसिर १ गते वार्षिकोत्सव मनाइदै आइरहेकोमा यस वर्ष निर्वाचनका कारण पुरस्कार वितरण समारोह एवम् विविध साँस्कृतीक कार्यक्रम माघ १२ गते सरस्वती पूजाका दिन वितरण गरिने जानकारीे गराए । खेलकुद सप्ताह अवधीभर खेल संचालन भलिबलका पूर्व राष्ट्रिय खेलाडी एवम् खेलकुद प्रशिक्षक हरि बहादुर गोर्खाली र कार्यक्रम सञ्चालन शिक्षक सुजित परियारले गरेका थिए ।