शिशुवा बचत तथा ऋण सहकारीमा वास्तोला

 शिशुवा बचत तथा ऋण सहकारीमा वास्तोला




लेखनाथ, १०असोज । 

पोखरा–३० मा रहेको शिशुवा बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि नविन प्रसाद वास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

  त्यसैगरी  उपाध्यक्षमा निवर्तमान सचिव भरतराज न्यौपाने र लेखा समितिको संयोजकमा ध्रुव कल्पित सुवेदी निविरोध भएका छन् , सचिवमा राजु शर्मा  सह सचिवमा धर्म जङ गुरुङ  कोषाध्यक्षमा  डम्मरु बल्लभ चापागाई  सदस्यमा  रमेश ओझा , सावित्रा जमरकट्टेल, कृष्णराज पौडेल,  संगीता श्रेष्ठ,  दीपक जमरट्टेल, मन्जु भण्डारी सर्व सम्मत  चयन भएका छन् ।


यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश राष्ट्रिय सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्टार रमेश घर्तीले सेयर सदस्यको भुमिका प्रति कडा टिप्पणी गर्दै साधारण सभामा आउने भत्ता बुझने र खाना खाएपछि हिड्ने प्रचलनले सहकारीको गतिविधीका बारेमा कम चासो राखेको देखिन्छ,त्यसैले सेयर सदस्यहरुले संस्था प्रति चासो देखाउदै सस्था प्रति खवरदारी,गुनासो र समस्याका बारेमा जानकार हुनु पर्ने सुझाव राखेका थिए ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी, महिला वडा सदस्य उमा परियार , वडा सदस्य विनोद प्रसाद लामिछाने, जेष्ठ सेयर सदस्य बामदेव शर्मा जमरकटेल लगाएतले सहकारीको निती र नियम अनुसार नचल्दा भविश्यमा आउने समस्या प्रति बेलैमा सचेत हुनु पर्ने सुझाव राखेका थिए ।

संस्थाका सचिव भरतराज न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नविन प्रसाद वास्तोला र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष लक्ष्मण वास्तोलाले गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट कारोवारतर्फ केशवराज तिवारी,राजु शर्मा नियमित कारोवारीको तर्फबाट श्याम सुन्दर श्रेष्ठ,दिपक शर्मा र असल कारोवारीको तर्फबाट खेमु वि.क. र विमाया नेपालीलाई सम्मान गरिएको थियो ।


वि सं २०६४ सालमा स्थापना भएको सहकारीले दुई हजार तिन सय ८० सेयर सदस्य मार्फत हाल सम्म ६ करोड ७५ लाख २२ हजार तिन सय रुपियाँको सेयर पूँजी बनाउन सफल भएको छ ।