डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

लेखनाथ, २३ असार 

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत शिशुवा आयुर्वेद औषधालयको आयोजनामा पोखरा महानगरपालिका वडा न ३० को  सभाहलमा डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा   पोखरा   महानगरपालिका   वडा न्ं   ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदिको प्रमुख अतिथ्यतामा सन्चालन भएको थियो । कार्यक्रममा  अतिथीहरु  वडा न्ं   ३० का   वडा सदस्य मंगल काजी मानन्धर, बिनोद प्रसाद लामिछाने, उमा परियार,  साथै समाज कल्याण टोल बिकास संस्था, शान्ति टोल बिकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सन्चालन शिशुवा आयुर्वेद औषधालयका कबिराज शशी कोईरालाले  गर्नु भएको थियो । 

करिब १ घण्टाको कार्यक्रममा डाक्टर आभास आचार्यले डेंगु रोग नेपालमा वि. स. २००४ सालमा चितवन जिल्लामा पहिलो पटक देखिएको र सन २०१८ मा कुल ८११ मध्य गन्डकी प्रदेशमा ५६८ जनामा देखिएकाले यस रोग बारे सचेतना आवश्यक रहेको बताउनुभयो । 

डेंगु रोग सम्बन्धी केहि जानकारी मुलक सामाग्रीहरु :

डेंगु रोग एडिस नामक लाम्खुट्टेको टोकाइबाट सर्ने र उक्त लाम्खुट्टेले दिउसोको समयमा टोक्ने गर्दछ ।

लक्षण :

एक्कासी ३-५ दिनसम्म ज्वरो आउनु (३९ डिग्री भन्दा बढी ) यो रोगको मुख्य लक्षण हो | यसरी आएको ज्वरो ५-७ दिनसम्म रहन्छ | यसको साथै निम्न लक्षणहरु देखा पर्दछ : बेस्सरी टाउको दुख्नु ,आखाको गेडी दुख्नु ,शरीरमा डाबरहरु आउनु ,अरुचि हुनु ,ज्वर्नी तथा मांसपेशी बेस्सरी दुख्नु ,पेट तथा आंद्रामा गडबडी   |

बच्ने उपाय :

यस रोगको लागि लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो |
जसका लागि निम्न उपायहरु प्रयोग गर्न सकिन्छ :
पुरा शरीर ढाकिने कपडा लगाउने, Mosquito repellant cream लगाएर हिड्ने , सधै राति र दिउसो पनि झुल भित्र सुत्ने, घर वरपर खाल्डा पानी जम्ने ठाउ नराख्ने, सधै झ्याल –ढोका जाली लगाई बन्द गर्ने |  

उपचार :

यो भाइरसबाट लाग्ने रोग भएकाले यसको कुनै बिशेष उपचार हुदैन | यसमा लाक्षणिक उपचार गरिन्छ ,ज्वरो  आएमा ज्वरो नाशक औषधिहरु प्रयोग गर्ने, प्रशस्त झोलिलो बस्तुको प्रयोग गर्नु उपयुक्त हुन्छ, रोगको जटिलता बढी भएमा तुरुन्त नजिकैको अस्पताल जानु पर्दछ | आयुर्वेदिक उपचारमा नीमको पात , मेवाको पात र बिया,डालेचुक , पाठा ( गुजर्गानो) को प्रयोग गरेको पाइन्छ । 

रोकथाम :

पानी जमेका खाडलहरु हटाउनुहोस्, लामखुट्टेको टोकाईबाट बच्नुहोस्
यात्रापछि कसैलाई अस्वस्थ महसुस भएमा सकेसम्म चाँडो चिकित्सकको  सल्लाह लिनुपर्दछ र डाक्टरलाई यात्राको विवरणबारेमा जानकारी दिनुपदर्छ ।