सङ्क्रामण तथा सरुवा रोग अस्पताललाई स्याङ्पा फाउण्डेशनको साथ

सङ्क्रामण तथा सरुवा रोग अस्पताललाई स्याङ्पा फाउण्डेशनको साथ



लेखनाथ, १ असार

 स्याङ्पा फाउण्डेशनद्धारा पोखरा ३० मा रहेको सङ्क्रामण तथा सरुवा रोग अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । सङ्क्रामण तथा सरुवा रोग अस्पताल सँगै धुलीखेल अस्पताल, किर्तिपुर अस्पताल, लुम्वीनी प्रादेशीक अस्पताललाई करिव ५ करोड वढीको सामाग्री वितरण गरेको हो । फाउण्डेशनले अक्सीजन कन्सटे«टर, मास्क, सेनीटाईजर, पिपिई, फेस सिल्ड लगाएत गरी गण्डकी प्रदेशका सभासद् इन्द्रधारा विष्ठको उपस्थीतीमा अस्पतालका प्रमुख डा विकास गौैचनलाई एक कार्यक्रम गरी वितरण गरेका छन् । साथै केही स्वास्थ्य समाग्रीहरु माथिल्लो र तल्लो मुस्ताङ र गोरखाका अस्पतालमा समेत त्यही वाट पठाउने व्यवस्था गरेको डा गौचन वताउँछन् । 

देश भित्रका विभिन अस्पतालवाट सहयोग माग भएको हुँदा माग भए वमोजिक स्वास्थ सामाग्री प्रदान गरेको फाउण्डेशनकम कोषाध्यक्ष अमृत लामा वताउनु भयो । लामाले फाउण्डेशनलाई चाइना र हङकङ देखी सहयोग वितरण गर्न लाई स्वास्थ्य सामाग्री आएको र थप आवश्यक भएमा पनी सहयोग वितरण गर्ने वताउनु भायो । उहाँले फाउण्डेशनले करिव ८ लाखको लागतमा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागी भवन निर्माण समेत समेत अन्तिम चरणमा रहेको वताउनु भयो ।