-->
" सुविधासम्पन्न राम्रो महानगर कहिले बन्छ मिस ? "ती अबोध बालिकालाई के जवाफ दिऊ?

" सुविधासम्पन्न राम्रो महानगर कहिले बन्छ मिस ? "ती अबोध बालिकालाई के जवाफ दिऊ?

 सुविधासम्पन्न राम्रो महानगर कहिले बन्छ मिस ?

ती अबोध बालिकालाई के जवाफ दिऊ?



कक्षा ९ को स्वास्थ्य, जनसंख्या वातावरण विषय अन्तर्गत आज विद्यार्थी भाईबहिनीहरुलाई सहरी क्षेत्रको वर्गीकरण अन्तर्गत महानगरपालिका वर्गीकरणका आधारहरूमा कम्तीमा ३ लाख जनसंख्या, बार्षिक ४० करोड आम्दानी, बिजुलीबत्ती खानेपानी, पेटी भएको मुख्य र सहायकपक्की सडक,विशेष स्वास्थ्य सुविधा आदी आदि पढाएर घर फर्किने बेलामा अकस्मात पानी पर्छ । चैत,वैशाखको समय बेसमयमा हावाहुरी असिना पानी पर्नु स्वभाविक नै हो। तर यहि पोखरा महानगरपालिका अन्तर्गत पर्ने मेरो विद्यालय र घर बीचको बाटो सम्झदा मनमा कहाली लाग्न सुरु गर्छ। सडक निर्माण कार्य भईरहेको प्रयासलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। तर यसमा भएको ढिलासुस्तीको कारणले महिनौ बाटो बिग्रिरहादा त्यसबाट हुन सक्ने दुर्घटनाको जिम्मेवारी कसले बहन गर्ने?

यही सडक निर्माण गर्ने क्रममा भएको अव्यवस्थित सडक, राजनैतिक खिचातानी,विवादको कारणले काममा भएको  ढिलासुस्ती आदि लगायतको कारणले निर्माण योजना भएता पनि विभिन्न समस्याहरू आइरहेका छन्।

एकदिन मेरो शिक्षक साथी विद्यालय गएर फर्कने क्रममा सडक अव्यवस्थित  भएको कारण ढुङ्गामा ठक्कर लागि स्कुटरबाट लड्न पुग्छिन्। अस्पताल गई उपचार गर्दा कम्तीमा पनि ३महिना आराम गर्नुपर्ने,हिँडडुल गर्न नहुने भन्दै भाँचिएको खुट्टामा प्लास्टर गरी घर  फर्काइँ दिन्छन्।एउटा शिक्षकले तीन महिना बिदा कसरी पाउने?बचे गरेका केही क्याबि पर्व तथा बेतलबी बिदा पनि सकिँदै जान्छन्। मनमा अनेकौं बेचैन उत्पन्न हुन पुग्छ। स्वास्थ्यमा देखिएको जटिलता त छँदै छ। प्रधानाध्यापक ज्यूले अब बिदा नपाउने की जागिर छाड्ने की विद्यालय आउने भन्ने कठोर वचन पछि बाध्य भएर बैसाखी टेक्दै भएपनि सकिनसकी विद्यालय नजिक डेरा खोजी विद्यालय जान बाध्य हुन्छिन्।

आफू पनि जब पानी पर्छ रातो माटो, चिप्लो बाटोको कारणले कतै त्यही स्थितिमा त पुग्ने होइन,जागिर भन्दा पनि बाकी जीवन अपाङ्ग नै भएर बाँच्नु पर्ने त होइन भन्दै विद्यालय बाट यिनै कुरा सोच्दै घर फर्कन्छु। यो समस्या केवल एक जनाको मात्र नभई यो कच्ची रातो धूलो हिलो माटोको बाटो हुँदै हिड्ने हजारौं यात्रीहरूको हो। सवारी साधन भएर पनि नहुने नभएर पनि नहुने  कुनै काममा गएर फर्कदा सकुशल घर परिवारलाई भेट्न सकिने हो होइन भन्दै तनावमा कतिदिन पिल्सने?यो प्रश्नको उत्तरकोसँग माग्ने? जनप्रतिनिधि, सरोकारवाला, स्थानीयनिकाय, ठेकेदार, समाज, महानगर?? निर्माण गर्ने भएपनि १ दिनमा दैनिक ५जना गर्दै महिनौ लम्ब्याउन भन्दा दक्ष तथा अदछे जनशक्तिको संख्या वृद्धि गरी छिट्टै काम सम्पन्न गरे हुँदैनथ्यो होला?आखिर किन हुन्छ काममा ढिलासुस्ती?त्यसबाट जनतामा पर्न गएको नकारात्मक असरको जिम्मेवारी कसले लिने?

अन्तमा विद्यालयमा पढाउँदै गर्दा एकजना अबोध विद्यार्थी उठी,"मिस हजुरले महानगरपालिकाको बाटोहरू पक्की हुनुपर्छ भन्नुभएछ तर यही महानगर अन्तर्गत बाटो कच्ची हिलो साँगुरो भएको कारण दुर्घटनामा परी मेरो बाबाको एउटा खुट्टा भाँचिएर काममा जान सक्नु भएको छैन। यो बाटोहरू कहिले पक्की हुन्छ मिस ताकि मेरो बाबाको जस्तै अरूको बाबाको पनि यो स्थिति नहोस्। हाम्रो महानगर किताबमा लेखेको जस्तै साच्चैको सुविधासम्पन्न राम्रो महानगर कहिले बन्छ मिस?"ती अबोध बालिकालाई के जवाफ दिऊ? यी सबै अनुत्तरित प्रश्नहरु को जवाफको लागि हजुरहरुको सकारात्मक प्रतिक्रिया अपेक्षा गर्दछु।

 

लेखक पोखरा-३१ लामास्वरा निवासी श्री त्रिभूवन शान्ति नमूना मा. वि.मा अध्यापनरत शिक्षक हुन।


Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel