Page Nav

HIDE

Grid

GRID_STYLE

Breaking News

latest

ऐतिहासिक राजाका चौताराको भूमि पुजन

ऐतिहासिक राजाका चौताराको भूमि पुजन नेपाली सेनाको भगवती दल गणले निमार्ण गर्ने कविराज खनाल पोखरा, ०९, बैशाख । पोखरा महानगरपालिका वडा नंं ३२, र...

ऐतिहासिक राजाका चौताराको भूमि पुजन

नेपाली सेनाको भगवती दल गणले निमार्ण गर्ने


कविराज खनाल

पोखरा, ०९, बैशाख ।
पोखरा महानगरपालिका वडा नंं ३२, राजाका चौतारामा गण्डकी प्रदेशकै शान्ति, मेल–मिलाप र सह–अस्तित्वको ऐतिहासिक राजाका चौताराको विहिवार भूमि पुजन भएको छ ।
ऐतिहासिक राजाका चौतारामा भूमि पुजा विहिवार एक समारोहका विच भगवती दल गण फुलवारी कास्कीका प्रमुख सेनानी दिवाकर कार्कीले सिलन्यासको पूर्व सन्ध्यामा भुमि पुजा गरेका थिए ।
भुमि पुजामा पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्ष, सदस्यहरु ऐतिहासिक राजाका चौतारा पुनः निमार्ण समितिका अध्यक्ष सहित सदस्य लगायत स्थानीयवासी र विद्यालयका शिक्षकहरुको को उपस्थितिमा पुजा आजागरी भजन कृतन सहित भुमि पुजन गरीएको हो ।
भुमि पुजा कुनै पनि भवन निमार्ण गर्नका लागि भवनको सुद्धता र वास्तुमा आधारित जमिनमा भएका दृष्ट आत्मा जलचर, स्थलचर भुतचर र जिव जिवात्मा जे छन् यस स्थानवाट हट्नको लागि गरिने पुजा नै भुमि पुजा हो ।
नेपाली सेनाका प्रमुख प्रधान सेनापति पुर्णचन्द्र थापा र संस्कृति विद् एवं राष्ट्रिय प्रज्ञापतिष्ठानका उप–कुलपति जगमान गुरुङ्गद्धयको सम–उपस्थितिमा बैशाख १० गते शुक्रवारका दिन ऐतिहासिक शान्ति मेल–मिलाप र सह–अस्तित्वको प्रतिक राजाका चौताराको भव्य रुपमा सिलन्यास हुने भएको छ ।



ऐतिहासिक राजाका चौतारा पर्यटन प्रवद्र्धन, शान्ति, सह अस्तित्वको प्रतिक र अन्तराष्ट्रिय सम्पदा सुचिमा राख्ने उद्देश्यका साथ विगत एक वर्ष देखि राजाका चौताराका पुनः निमार्ण गर्न लागिएको हो ।
ब्रह्म रुपा माध्यमिक विद्यालयको परिसर भित्र करीव १ रोपनी क्षेत्रमा फैलिएको राजाको चौतारा नामक चौतारा लाई, पुनः निमार्णमा ऐतिहासिक राजाहरुको झल्को आउने शालिकहरु, चौतारोको व्यवस्थापन, बटुवा वस्ने टहरो, पानीको घडा, वगैचा सहितको पार्क निर्माण नेपाली सेनाको भगवती दल गण फुलवारी कास्कीले गर्ने भएको छ ।
राजाका चौतारो पुर्वमा कास्कीको (देउराली) रुपाकोट गाउँपालिका, पश्चिम तर्फ गगनगौडा वजार उत्तर तिर रुपा ताल र दक्षिण शुक्लागण्डकी नगरपालिका भित्र विशाल मालमुल फाँटमा अवस्थित छ ।
विगतमा यस ठाउँमा एउटा ठूलो समीको रुख रहेको त्यस रुखमुनी, खरको सानो झुपडीमा माटोको पानीको घडा रहेको, नेपालदेश ( काठमान्डौ) वाट पोखरा आउने जाने वटुवा यही बाटो हुदै थकाई मेट्न यसै चौतारोमा आएर सितल तापि घडाको पानी खाएर आफ्नो वाटो लाग्ने गर्दथे । बर्तमान अवस्थामा समीको रुख पनि नहुनु चौतारो सागुरीदै जानु र यसको नाम पनि फेरीदै जानु र यसको महत्व घट्दै जानु लगायत विविध कारणले गर्दा महानगरपालिका, वडा कार्यालय, स्थानीय चौतारी युवा क्लव, आदर्श आमा समुह, स्थानीयवासीको राष्ट्रिय प्रज्ञापतिष्ठानका उप–कुलपति एवं सस्कृत विद् डा जगमान गुरुङ्गको सहयोग र सल्लाहमा सस्कृत विद् डा. गुरुङ्गले यसको महत्व र वृदान्तका वारेमा वताउदै यसको महत्व झन् वर्तमान र आगामी दिनमा ऐतिहासिक कालमा यस राजाको चौतारा नेपालको पूर्व पश्चिम मूल बाटोमा पथ्र्यो । यही राजाको चौतारा भएर काठमाडौंबाट पश्चिमतिर जुम्ला र किल्ला काँगडासम्मको लस्कर चल्थ्यो । यसैगरी, पूर्व पश्चिमबाट दक्षिण हालको तनहुँ भीमादतिर जाने हुलाकको बाटो पनि यही राजाको चौताराबाट छुट्टिन्थ्यो । अतः हुलाकका जाँचकीहरूले यही चौतारामा बसेर हुलाक जाँच्थे र हुलाकीहरूले हुलाक साट्ने गरेको प्रमाण आफु सँग भएको वताउदै तात्कालिन कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा शान्ति सम्झौताको लागि बाह्र राजाको भेट हुँदा त्यसको स्मारक स्वरूप चिनेको चौतारा भएकाले यस चौताराको राजाको चौतारा नाम रहेको थियो ।
कुनै व्यक्ति, संस्था र व्यवस्था आफैंमा असल र खराब हुँदैन । त्यस व्यवस्थालाई परिचालन गर्ने व्यक्तिको गुण, आदर्श एवं मर्यादामा त्यसको सफलता र असफलता भर पर्छ । त्यसकारण राजा भन्दैमा नकारात्मक सोच राखिहाल्न हुँदैन । यसको आशय पुनः नेपालमा राजतन्त्र स्थापना गरिनुपर्छ भन्ने पटक्कै होइन । उनले थपे लिच्छविकाललाई नेपालको स्वर्णकाल मानिन्छ । त्यसमा पनि अंशुबर्माको समयलाई स्वर्णकाल मानिएको छ । किनभने अंशुबर्माको समयमा कैलाशकूट भवन बनेको थियो । एउटै सभाकक्षमा एकैपटक दस हजार व्यक्ति अटाउन सक्ने उक्त भवनको क्षमता थियो । त्यस्तो भवन त्यसताका भारत र चीनमा थिएन । यो नेपालको गौरव हो । अंशुबर्मा महासामन्त थिए । यसरी सामन्त शासनकालमा पनि राष्ट्रको विकास हुँदो रहेछ भन्ने बुझिन्छ । चन्द्रशमशेरले फर्पिङबाट बिजुली निकाल्दा जापानमा बिजुली बत्ती थिएन । यो कुरालाई इतिहासले स्विकार्न सक्नुपर्छ ।
इतिहास विद् डा. गूरुङ्गको भनाई अनुसार र्तमान नेपाललाई शान्ति र सहअस्तित्वको बारेमा कसैले सिकाइरहनु पर्दैन, बरु नेपालले विश्वलाई शान्ति र सह अस्तित्वको पाठ सिकाएको छ तर हामीले हाम्रो इतिहास राम्रोसँग पढेर त्यसबाट स्वाभिमानको पाठ सिक्न सक्नुपर्छ । संस्कृतिबाट प्रेरणा लिएर अघि बढ्न सक्नुपर्छ भन्ने कुरामा जोड दिदै ऐतिहासिक राजाको चौतारा त्यस्तै शान्ति, सम्झौता र सहअस्तित्वको प्रतीक हो । यो कुनै झुर सामन्ती शासकको निशाना होइन । अतः यस चौतारालाई राजाको चौतारा भन्दा कुनै आपत्ति छैन ।

जव ऐतिहासिक कालमा कास्कीका राजा शिव शाहको पालामा कास्की र लमजुङको युद्ध भयो । कास्कीले मादी तरेर लमजुङको यारदिसम्म कब्जा गर्यो । त्यसपछि लमजुङको फौज अघि बढ्यो । कास्कीको अर्घौं देउमाडीमुन्तिरको ओखलेगौंडामा ठूलो लडाइँ भयो । लमजुङले कास्कीको अर्घौं देउमाडी र ठूलाकोट कब्जा गरेर विजयपुर खोलाको साँध लगायो । त्यसपछि कास्कीको मालमूलमा बाह्र राजाको भेट हुँदा लमजुङका राजा दावादल शाहबाट पंक्तिकारका नौ पुस्ताअघिका पुर्खा ६ गाउँ याङजाकोटका मीर उमरा वीरसिंह क्ह्रोंगी लामा गुरुङको नाममा लालमोहर आयो र लमजुङले गजसिमलेको एघार खेत लिई अर्घौं ठूलोकाट र देउमाडी कास्कीलाई छोडेर (सन्धि) गरेका थिए । कास्की र लमजुङको सिमाना मादी नदी भए पनि मालमूलमा गरिएको सम्झौता अनुसार मादीपूर्वको बराल डाँडा कास्की अन्तर्गत र मादी पश्चिमको दाङसिमर्याङलाई लमजुङको कित्तामा राखिएको थियो ।
मादीगंगाको पूर्वपट्टिको डाँडामा याङ्जाकोट अवस्थित छ । याङजाकोट लमजुङ राज्यको पश्चिम उत्तरतर्फको मुख्य किल्ला थियो । अतः पश्चिमतिर लडाइँ, भिडाइँ, सन्धि सम्झौता आदि याङ्जाकोटको मोहोडाबाट गरिन्थ्यो । साबिकमा याङ्जाकोट ६ गाउँको मौलो थियो । २०३२ सालमा याङ्जाकोटको ६ गाउँअन्तर्गतका पाँचवटा गाविस कास्कीमा गाभियो । अहिले याङ्जाकोटलाई मादी गाउँपालिकाको सदरमुकाम कायम गरिएको छ ।
साबिक लमजुङ हाल कास्की, याङ्जाकोट, छापाडाँडाका पैंडी पार्सिंह नम्जु क्रोम्छै गुरुङको घरमा भएको वंशावलीमा कास्कीका राजा शिव शाहको पालामा कास्कीको मालमूलमा भेटेका बाह्र राजाहरूका राज्य र तिनको नाम उल्लेख गरिएको छैन । केवल ’मालमूलमा बाह्र राजाको भेट हुँदा’ भन्ने मात्र उल्लेख छ । यी बाह्र राजाहरू आठटीकाका आठ राजा तथा तनहुँ, रिसिङ, घिरिङ र पर्वतका गरी बाह्र राजा हुन् भन्ने बुझिन्छ । भीरकोट, गह्रौं र ढोर यी तीन खान राज्य र नुवाकोट, सतौं, कास्की, लमजुङ र गोरखा यी पाँच शाह राज्यलाई समुच्चमा आठटीका भनिन्छ ।
यसरी यी बाह्र राजाहरूले कास्कीको मालमूलमा भेटेर सम्मेलन गरी आपसमा लडाइँ भिडाइँ नगर्ने, आआफ्नो साँध सिमानामा मिलेर बस्ने, आपसमा बिहेबारी गर्ने आदि शान्ति सम्झौताको सन्धि गरेका थिए । वर्तमानमा शान्ति क्षेत्र नेपाल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, कमनवेल्थ नेसन, जी ट्वान्टी, संयुक्त राष्ट्रसंघ आदि संघसंस्था छन् । आआफ्ना क्षेत्रमा शान्ति र सहअस्तित्व कायम गरी विकास निर्माणको काममा अघि बढ्नु ती संघ संस्थाहरूको प्रमुख दायित्व हो, तर त्यसबेला नै गण्डकी प्रस्रवण क्षेत्रका शासक एवं भारदारहरूमा सहिष्णुता, सहअस्तित्व, सद्भाव एवं समन्वय र शान्तिको भावना जागृत भइसकेको देखिन्छ । ऐतिहासिक शान्ति सम्मेलनको सुखद उपलक्ष्यमा चिनिएको शान्तिको प्रतीक यस राजाको चौताराले सहिष्णुता, सहअस्तित्व, सद्भाव एवं समन्वय र शान्तिको सन्देश दिइराखेको छ र भविष्यमा पनि दिई नै रहनेछ । यसरी कास्की, मालमूलको उक्त ऐतिहासिक सम्मेलनले यस कुराको पुष्टि गर्दछ । अतः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन र संयुक्त राष्ट्रसंघजस्ता संघसंस्थाहरूको स्थापनाको भावनाको विकास नेपालबाट भएको देखिन्छ र सोही अनुसार यस ठाउँको विकास गर्नका लागि स्थानीय लाग्नु पर्नेमा कसैको दुइमत छैन ।
तसर्थ स्थानीयवासी र महानगरपालिकाको संयुक्त पहलमा यसको ऐतिहासिक महत्वलाई व्यापक र विस्तार वढाउदै सो चौताराको पुन निर्माणमा ध्यान दिन सके यस क्षेत्रकै ऐतिहासिक स्थालको रुपमा अगाडी बढ्ने र शान्ति र संझौताको केन्द्रका रुपमा विकास गर्ने प्रवल सम्भावना देखिन्छ ।

यसरीे यसै आर्थिक वर्ष २०७७ साल देखि सो चौताराको पुनः निर्माण गरी एक वर्ष भित्रमा ऐतिहासिक राजाहरुको झल्को आउने शालिक स्तम्भ, समीको रुख, चौतारोको एक छेउमा पानी सहितको माटोको घैटो, प्रतिक्षालय, तलाऊ र वगैचा सहितको चौतारा निर्माण गर्ने र गण्डकी प्रदेश, र नेपालकै पर्यटकको मुख्य आकर्षको ऐतिहासिक स्थल र शान्ति संझौता र सह–अस्तित्वको केन्द्रका रुपमा विकास गरी विश्व सामु चिनारी गराउने र यसै क्षेत्रवाट शान्तिको विगुल फुग्दै अगाडी वढ्ने दृढ उद्देश्यका साथ स्थानीयवासी अगाडी वढेको देखिन्छ ।