अर्घौं कृषि सहकारीको भित्रे पात्रो लोकार्पण

अर्घौं कृषि सहकारीको भित्रे पात्रो लोकार्पण



लेखनाथ, २० चैत्र ।

६४ औं सहकारी दिवसको अवसर पारेर पोखरा -२६ मा रहेको अर्र्घौ कृषि सहकारी सस्था लिमिटेडले नयाँ वर्ष २०७८ को भित्रे पात्रो लोकार्पण गरेको छ ।

सहकारीेले नयाँ बर्षको अवसरमा राखेको शुभकामना आदन प्रदान कार्यक्रममा सस्थबाट प्रकाशन गरिएको भित्रे पात्रो लोकार्पण गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी ब्यवस्थापन समितिका सदस्य सोमलाल कडेलले सहकारीहरुले उत्पादनसिल क्षेत्रमा लगानी वढाउदै कृषि सहकारीहरुले लगानीको ७० प्रतिशत कृषि क्षेत्रमा नै लगानी गर्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मित्रलाल तिमिल्सेना, लेखा समितिका संयोजक बेदप्रकाश बस्ताकोटी लगाएतले  सहकारीहरु सहकारीको निती र नियम अनुसार चल्न नसकाले पैसा बेचेर ब्याज मात्र कमाउने तर्फनगानी उत्पादनको क्षेत्रमा पनि लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।

सस्थाका सचिव कलाधर पाण्डेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरि वस्ताकोटीले राखेका थिए।