यसरी गरे पोखरेली युवाहरुले फेवाताल सफा

यसरी गरे पोखरेली युवाहरुले फेवाताल सफा

पोखरा / 
पोखरामा मंगलबार बिहान ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर पोखरेली युवाहरुले सफा गरेका छन्। 
‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको फोहोरजन्यवस्तु निकाल्न करिब दुई घण्टा सम्म उक्त समुह लागीपरे । 
पोखरेली युवाहरुको पहलमा यो सामाजिक कार्य भएको हो । केहि दिन अघि उनीहरुले सामाजिक सञ्जालमार्फत पोखरेली युवाहरुलाई ताल सरसफाइमा जुट्न आग्रह गरेका थिए । 
पोखरेली युवाहरुको यो कार्यमा १७ नम्बर वडा कार्यालय, त्यहाँस्थित विभिन्न क्लव लगायतले पनि सहयता गरेको पोखरेली सञ्चारकर्मी तथा अभियन्ता आशिष पुरीले जनाकारी दिए ।
फेवातालमा वर्षो लाखौं आन्तरिक पर्यटकहरु पोखरा घुम्न आउने गर्दा पोखराको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुकले यो सामाजिक काम गरेका हुन् ।