नेपाल महिला संघ रुपा गाउँपालिकाकी सभापति गुरुङको निधन

 

नेपाल महिला संघ रुपा गाउँपालिकाकी सभापति गुरुङको निधन



लेखनाथ, १४ वैशाख ।

नेपाल महिला संघ रुपा गाउँ पालिकाकी सभापति थममाया गुरुङको ५६ वर्षको उमेरमा आईतबार निधन भएको छ । गुरुङको उपचारको क्रममा मेडिसिटि हस्पिटलमा काठमाण्डौमा आईतबार दिउँसो ४ बजे निधन भएको हो ।


लामो समयदेखी प्रेसर, थाईराईड र मुटु रोगबाट ग्रसित गुरुङ्गको पोखरामा उपचार गर्ने क्रममा निको नभएपछि थप उपचारको लागि काठमाण्डौ लगिएको थियो ।


गुरुङ्गको सोमबार रुपा गाउँपालीकामा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि गुरुङ्गको पार्थिव शरिरमा नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण विभागकी सदस्य सरस्वती गुरुङ्ग, पोखरा महानगर समितिका सह–सभापति एवं जिल्ला सदस्य राजेन्द्रमणी लामिछाने लगायतले पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


लामो समयदेखी नेपाली काँग्रेसको राजनितिमा सक्रिय स्वर्गीय गुरुङ्गका ४ छोरा र ३ छोरी रहेका छन ।