गुरुङको आत्मवल बढाउने कथा संग्रह विमोचन

गुरुङको आत्मवल बढाउने कथा संग्रह विमोचन



लेखनाथ, १६ चैत्र ।
विमाको क्षेत्रसग सगै साहित्यको क्षेत्रमा पनि अग्रसर हुदै आउनु भएका रुक वहादुर गुरुङको दोस्रो कृति आत्मवल बढाउने कथा संग्रहको विमोचन गरिएको छ ।
लेखक गुरुङले आफनो जन्मोत्सवको अवसर पारेर आईतवार पुस्तकको विमोचन गराउनु भएको हो । पुस्तकको विमोचन गर्दै गण्डकी विश्वविद्यालयका उप कुलपति गणेशमान गुरुङले साहित्यले मानिसलाइ अनुशासित र उर्जावान बनाउने भएकाले यो सृजनात्मक कामले समाजमा सकरात्मक सन्देश दिने धारणा राख्नु भएको थियो ।
सोही अवसरमा गण्डकी प्रदेश अर्थ तथा सामाजिक मन्त्रालयका तेज बहादुर गुरुङ,तमु धि कास्कीका अध्यक्ष हुम बहादुर गुरुङ, एल आई सी नेपालका बरिष्ठ एजेन्सि म्यानेजर केदारनाथ अधिकारी,पञ्चमुल पोखरा सम्पर्क समाजका अध्यक्ष लालकुमार अधिकारी,तमु साहित्यीक मञ्चका अध्यक्ष गौरी गुरुङ लगाएतले सष्टा गुरुङको सामाजिक योगदानका वारेमा चर्चा गरेका थिए ।
मल्याङकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष गोविन्द बहादुर खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सष्टा परिचय युनिप्स नेपालका अध्यक्ष सन्त बहादुर गुरुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य औ बहादुर गुरुङ र कार्यक्रम संचालन नवराज दुराले गर्नु भएको थियो ।
गुरुङको पहिलो कृती लगदा गाँउका चिनारी थियो भने यो दोस्रो कृती आत्मवल बढाउने कथा संग्रहमा ९८ वटा जिवन उपयोगी र रोचक कथाहरु रहेका छन् ।