चट्याङमा परी एक विद्यार्थीको मृत्यु,गम्भीर घाइतेलाई हेलिकप्टरबाट पोखरा ल्याइयो


चैत्र ३,पोखरा

लमजुङमा आज चट्याङमा परी एक विद्यार्थीको मृत्यु भएको छ ।

आज दिउसो करिब ३:५० बजेको समयमा लमजुङ क्वहोलासोथार गाँउपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा अचानक परेको चट्याङबाट सोही स्कुलमा अध्ययनरत नौ जना विद्यार्थीहरु र सोही स्कुलमा अध्यापन गराउने दुई जना शिक्षिकाहरु घाईते भएको भएको प्रहरीले जनाएको छ ।

घाईते मध्येका विद्यार्थीहरुलाई उपचारको लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याउने क्रममा १८ वर्षीय बिनोद बिकको बाटोमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।

घाइते छबिन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको र अवस्था गम्भिर रहेको बताइन्छ । अन्य घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।