लेखनाथ डोजोले १२ औँ स्थापना दिवस मनायो

लेखनाथ डोजोले १२ औँ स्थापना दिवस मनायो


लेखनाथ, १ चैत

लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोले १२ औँ स्थापना दिवस तथा वाषिर्कोत्सव आइतबार मनाएको छ ।

वाषिर्कोत्सव पोखरा महानगरपालिका २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले खेलाडीले कडा परिश्रम गर्नुपर्ने बताए । उनले बसै खेलाडी उत्कृष्ठ हुने गरेर अगाडी बढ्नुपर्ने बताए ।

आज भन्दा १२ वर्षअघि लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डाजोको रुपमा स्थापना भएको थियो । विभिन्न समयमा परिमार्जन हुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुशिन कान कराँतेको रुपमा लेखनाथमा हाल २ वटा डोजो रहेका छन् । विभिन्न क्षेत्रिय र राष्ट्रिय पदक जितेको खेलाडीहरु लेखनाथबाट उत्पादन भएको प्रशिक्षक सुबास खड्काले बताए । हाल लेखनाथमा १ सय भन्दा बढि खेलाडी रहेका छन् । विभिन्न प्रतियोगितामा खेलाडीले सहभागीता जनाउदै आएका छन् ।