-->

 बगर भाई खलक एट-ए-साइड : प्रि क्वाटर बाटै बाहिरियो आयोजक

बगर भाई खलक एट-ए-साइड : प्रि क्वाटर बाटै बाहिरियो आयोजक

 बगर भाई खलक एट-ए-साइड : प्रि क्वाटर बाटै बाहिरियो आयोजक


पोखरा, फागुन २७ । पोखरामा जारी बगर भाई खलक एट-ए-साइड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक टिम प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको अन्तिम प्रि-क्वाटर खेलमा आयोजक बगर भाई खलक 'ए' मनाङ मर्स्याङदी भेट्रान्स काठमाडौ सँग १-० ले पराजित हुँदै बाहिरिएको हो । मनाङका तर्फाट एक मात्र गोल सुमन श्रेष्ठले गरेका थिए । खेलमा मनाङका विष्णु बहादुर सुनुवार म्यान अफ दि म्याच घोषित भएका छन ।

"स्वास्थका लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम" भन्ने मुल नाराका साथ आयोजित "चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट-ए-साइड अन्तर्रर्ााट्रय फुटबल प्रतियोगिता" अर्न्तर्गत बिहिबार क्वाटर फाइनल चरणका खेलहरु सम्पन्न भएका छन ।

बिहिबार सम्पन्न क्वाटरफाइनल चरणका खेल अर्न्तर्गत भएको खेलमा टि वर्गर भेट्रान्स ललितपुरले पोखरा भेट्रान्सलाई २-१ ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको छ । टि वर्गरका भगवान थापाले खेलमा २ गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच भएका छन । यता पोखराका लागि भोजेन्द्र तामाङले एक गोल फर्काएका थिए ।

यस्तै नवलपरासी भेट्रान्स फुटबल क्लवले ललितपुर एफसी एकाडेमी -विविसी)लाई टाइव्रेकरमा ३-२ गोलले पराजित गर्दै सेमीफाइनलमा टि वर्गर ललितपुर सँग आफ्नो भेट पक्का गरेको छ ।  निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेल टाइव्रेकरमा पुगेको थियो । खेलमा नवलपरासीका कर्ण्र्ााादुर गुरुङ म्यान अफ दि म्याच भए ।

यसै गरी काठमाडौको मिया सान मियाले हेटौडा भेट्रान निलोलाई टाइ व्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमीफाइनलमा मनाङ मर्स्याङदी क्लव भेट्रान्स सँग भिड्ने भएको छ । पहिलो हाफमा हेटौडाका तिर्थ बहादुर याक्सोको २ गोल र मिया सानबाट हस्तबिर चौधरी र राजेश खड्कीले समान १-१ गोल गर्दै खेललाई बरावरीमा सकाएका थिए । खेलमा खड्की म्यान अफ दि म्याच घोषित भए ।

बिहिबार सम्पन्न अन्तिम क्वाटरमा धनिमण्डल भेट्रान्स ललितपुर मनाङ मर्स्याङदीको खेल समेत निर्धारित समयमा १-१ ले सकिदा खेल टाइ व्रेकरमा पुगेको थियो खेलमा मनाङका लागि सुमन श्रेष्ठले गोलको खाता खोले पनि धनिमण्डलका लागि तेज धलामीले बरावरी गोल गरेका थिए । तर टाइव्रेकरमा मनाङ भाग्यशाली बन्यो । मनाङका किपर मिन बहादुर बस्नेतले धनिमण्डलका दर्ुइ प्रहार रोक्दा खेलमा मनाङ २-१ ले विजयी बन्दै सेमीफाइनलको यात्रा तय गरेको छ । खेलमा मिन बहादुर म्यान अफ दि म्याच भए ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने छ ।

प्रतियोगिता अर्न्तर्गत शुक्रबार सेमीफाइनका खेलहरु सञ्चालन हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिएका छन । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, नवलपरासी, वालिङ र पोखराका र.गरी २८ टिमको सहभागिता रहेको थियो  ।

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel