शनिबार कास्कीभर ३ घण्टा लोडसेडिङ


लेखनाथ, २१ फागुन ।

शनिबार बिहान १० बजेदेखि दिउँसो १बजेसम्म पोखरा सहित कास्की जिल्लाका सम्पूर्ण स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

लेखनाथ सब-स्टेशनमा १३२ केभी लाइन एक्स्टेन्सन गर्न लागिएकाले उक्त समयमा बिजुलीको लाइन अफ हुने प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

केन्द्रले सम्पूर्णमा जानकारी दिँदै यसबीच पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको उल्लेख गरेको छ । तोकिएको समयअगावै काम सकिए तुरुन्त सेवा सुचारु हुने समेत केन्द्रले बताएको छ ।