लेखनाथ पत्रकार मन्चको अध्यक्षमा खनाल

लेखनाथ पत्रकार मन्चको अध्यक्षमा खनाल



लेखनाथ, १४ चैत्र । 

लेखनाथ पत्रकार मन्चको अध्यक्षमा कविराज खनाल सर्वसम्वत निर्वाचित भएका छन् ।

लेखनाथ क्षेत्रको समृद्धिका लागि पत्रकारीता भन्ने नाराका साथ स्थापना भएको पत्रकारहरुको छाता संगठन लेखनाथ पत्रकार मन्च कास्कीको तेस्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनले खनाललाई अध्यक्षमा सर्व सम्वत रुपमा चयन गरेको हो ।

यसैगरी मन्चको उपाध्यक्षमा सुमन जि.सी., सचिवमा विष्णुहरी पौडेल, कोषाध्यक्षमा राजन परियार, सह–सचिवमा सचिन रानाभाट सर्व सम्वत रुपमा निर्वाचित भएका छन् ।

सदस्यहरुमा रामशरण नेपाली ऋषिराम रानाभाट, महेन्द्र ढुङ्गाना, ज्योति हमाल, कृष्णप्रसाद लामिछाने, विशाल वि.क., सुजित परियार र सन्जय आचार्य रहेका छन् । त्यसैगरी परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति समेत चयन गरीएको निर्वाचन समितिका सदस्य भरत तिवारीले बताए ।

यस अघि मन्चको तेश्रो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेनाले संस्था जन्माउनु मात्र ठूलो कुरा नभई सस्थालाई निरन्तरता दिनु ठूलो कुरा भएको वताउदै यस क्षेत्रका हरेक सामाजिक क्षेत्रमा मन्चले गरेको सामाजिक कार्यको प्रसंसा गरे । एक फरक प्रसंगमा नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुको कार्यक्षमता अभिवृद्धि गर्ने कार्य गरीरहेको र अवका दिनहरुमा पनी त्यस्ता कार्यहरु गर्ने वताए ।

गण्डकी प्रदेश प्रत्रकार महासंघ सदस्य रामजी लम्साल पत्रकारले सिष्ट भाषामा सूचना लिनु पर्ने वताउदै लेखनाथ पत्रकार मन्च एक ढिक्का भएर पत्रकार व्यक्तिगत रुपमा संसक्त हुने कुरामा जोड दिए ।

यसै गरी प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालले नेतृत्वले संस्थालाई चलायमान बनाउनु पर्ने वताउदै लेखनाथ क्षेत्रको समृद्धिका लागि अगाडी बढ्न सुझाव दिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले पेशागत हकहितका लागि सम्पूर्ण पत्रकारहरु एक जुटहुनु पर्ने बताउदै पत्रकारीतालाई समाज सेवाको रुपमा लिन आग्रह गरे ।

कार्यक्रममा मन्चका सल्लाहकार एवं रा.स.स.का हरि वास्तोलाले प्रत्रकारीतामा चुनौती रहेको बताउदै पत्रकारीतामा नयाँ आयम ल्याउनुपर्नेमा जोड दिए ।

निवर्तमान अध्यक्ष भिमपाणि वरालको अध्यक्षतामा सम्पन्न साधारण सभा एवं अधिवेशनमा नेपाल टेलिभिजनका सम्वाददाता एव मन्चका सल्लाहकार परशुराम अचार्य, संन्चारीका समुह गण्डकी प्रदेशका संयोजक स्मीता अधिकारी, सूचना तथा संचार कास्कीका सह संयोजक शिवराज वस्ताकोटी, दलित प्रत्रकार संघ कास्कीका अध्यक्ष रामशरण नेपाली लगायतले पत्रकारीता र यसको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा मन्चका सचिव विष्णुहरी पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवदेन र कोषाध्यक्ष सन्दिप पौडेलको आर्थिक प्रतिवदेन सर्व सम्वत पारित गरीएको थियो । भने सस्थाका उपाध्यक्ष कविराज खनालले धन्यवाद ज्ञापन गरेका थिए भने महेश्वर पाण्डे निर्वाचन समितिका संयोजक, भरत तवारी र रामजी ओझा निर्वाचन समितिका सदस्य रहेका थिए ।