अर्घौ विजयपुर मिसा पुचमा नयाँ नेतृत्व

अर्घौ विजयपुर मिसा पुचमा नयाँ नेतृत्व



लेखनाथ, १६ चैत्र ।

अर्घौ विजयपुर मिसा पुचको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अबिशनले आगामी कार्यकालका लागि पुन मिना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेवारी समुदायका महिलाहरुको साझा सस्थाको रुपमा रहेको मिसा पुचको उपाध्यक्षमा रुपकला श्रेष्ठ,सचिवमा रेस्मा श्रेष्ठ,सह सचिवमा मुना लिगल र कोषाध्यक्षमा सोविता श्रेष्ठ रहेकी छन् भने समितिको सदस्यहरुमा जुना श्रेष्ठ,विष्णु श्रेष्ठ,मिरा श्रेष्ठ,रमा श्रेष्ठ,कल्पना श्रेष्ठ,सर्मीला श्रेष्ठ,पुणीमा श्रेष्ठ र वर्षा श्रेष्ठ रहनु भएको छ ।
अर्घौ विजयपुर मिसा पुचका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला मिसा पुचकी अध्यक्ष मेनुका श्रेष्ठले महिलाहरु घरको कामलाई कहि पर सारेर भए पनि सामाजिक क्षेत्रमा अग्रसर हुनु पर्ने सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा नेवाःखल लेखनाथ नगर समितिका अध्यक्ष प्रेम लिगल,अर्घौ नेवाःखलका सल्लाहकार प्रकाशलाल श्रेष्ठ,जनजाती महासंघकी कोषाध्यक्ष बुद्धिमाया थापा मगर, अर्घौ नेवाः खलका पुर्व अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ,अर्घौ नेवा खलका कोषाध्य बालगोपाल श्रेष्ठ,उपाध्यक्ष डिल्ली राजबंषि र नेवा मिस पुच नगरकी अध्यक्ष सरु श्रेष्ठ लगाएतले आ आफनो धारणा राखेका थिए ।
अर्घौ विजयपुर मिसा पुचकी सचिव रुपा श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुर्णमा श्रेष्ठले गरेकी थिईन ।