विजयपुर-२ जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु

विजयपुर-२ जलविद्युत आयोजनाको परिक्षण उत्पादन सुरु


लेखनाथ,३ फागुन ।

सिभिल हाइड्रोपावर प्रा.लीद्धारा प्रवर्द्धित पोखरा १४,२६,र २७ मा अवस्थित ४.५ मे.वा विजयपुर-२ साना जलविद्युत आयोजनाको सम्पूर्ण परिक्षण सफलताका साथ सम्पन्न भएको छ ।

माघ ३० बाट परिक्षण उत्पादन सुरु भई उत्पादित विद्युत ३३ के.भी प्रशारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको १३२ के.भि. पोखरा ग्रीड शाखा लेखनाथ सव-स्टेशनमा मार्फ राष्ट्रिय ग्रीडमा जोडिएको हो ।

भगवती हाइड्रोपावर अन्तर्गत विजयपुर-१ साना जलविद्युत आयोजनाको क्यासकेड प्रोजेक्टको रुपमा विकास गरिएको जानकारी आयोजना निर्देशक बसन्त मोहन शर्मा भट्टराइले जानकारी दिनु भएको छ । 

आयोजना स्व. सुर्य बहादुर के.सीको अध्यक्षता तथा औद्योगिक के.सी ग्रुपको नेतृत्वमा निर्माण सम्पन्न भएको हो।