लायन्स क्लवको बाख्रा पैचो

लायन्स क्लवको बाख्रा पैचो


लेखनाथ,२९ पुस ।

लायन्स क्लव अफ लेखनाथले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि अगाडी सारेको बाख्रा पैचो कार्यक्रम अन्तरगत पोखरा-२८ को माझठाना स्थीत ओख्लेका महिला समुहलाई बाख्रा वितरण गरेको छ ।

क्लवले विगत १० वर्षदेखि अगाडी सारेको बाख्रा पैचो कार्यक्रम अन्तरगत बुधवार ओख्ले महिला समुहका लागि ३० वटा बाख्रा वितरण गरेको हो ।

महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि अगाडी सारिएको कार्यक्रममा वाख्रा वितरण गर्दै लायन्स क्लव ३२५ वी १ नेपालका डिष्ट्रक गर्भनल मोहन बहादुर रोक्काले महिलाहरुलाई आर्थीक रुपमा बलियो बनाउन क्लवले अगाडी सारेको योजना प्रभावकारी भएकाले आगामी दिनमा अन्य महिलाहरुलाई पनि यो योजनामा समावेस गराउनु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष निर्मल दियालीले लायन्सले महिलाहरुलाई आर्थीक रुपमा सक्षम बनाउने हेतुले गरेको कामलाई सकरात्मक रुपमा लिएको धारणा राख्दै ब्यवसायीक रुपमा अगाडी वढ्न महिला समुहहरुलाई सुझाव दिनु भएको थियो ।

सोही अवसरमा लायन्स क्लवका चिफ एड्भाईजर शैलेन्द्रमोहन भट्र्राई, कलष्टर प्रमुख र्सर्ुयनारायण बरालले सहयोगका लागि स्थानिय र लायन्स क्लवका बिच हातेमालो गर्दै अगाडी वढ्नु पर्ने धारणा राखेका थिए ।

लायन्स क्लव अफ लेखनाथका अध्यक्ष संकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ वी १ नेपालका अध्यक्ष आदर्शमोहन भटर्राई,ओख्ले बाख्रा पालन महिला समुहकी अध्यक्ष अंविका बुढाथोकी र क्लका सचिव कृष्णप्रसाद तिमिल्सेना लगाएतले बाख्रा पैचो कार्यक्रम फलदाई र प्रभावकारी भएको बिचार राखेका थिए।