समाज सुधारमा कुनै कसुर नराख्ने: डि एस पी मरासिनी

समाज सुधारमा कुनै कसुर नराख्ने: डि एस पी मरासिनी

लेखनाथ, ४ माघ ।

ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाडाँकोनाकमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जनतामा शान्ति सुरक्षा कामय राखि समाज सुधारका सवालमा कुनै कसुर नराख्ने वताएका छन् ।

प्रहरी कार्यालय हेडक्वाटरबाट भरखरै मात्र डाडाँकोनाक प्रहरी कार्यालयको जिम्मेवारी समाल्न आउनु भएका प्रहरी नायव उपरिक्षक मरासिनीले आईतवार संचारकर्मीहरुको भेटमा निती र नियमलाई आत्मसाथ गर्दै सवैको साथ र सहयोगले कानुनी राज्य स्थापनामा अभिछिन्न लागी रहने बताएका हुन् ।

पोखरा प्रबेशको मुख्य ठाउ लेखनाथ शान्ति सुरक्षाका सवालमा अति सम्वेदनसिल भएकाले लागुऔषध नियन्त्रण देखि अबान्छनिय क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई निस्तेज पार्ने उद्धधोष समेत गरेका छन् ।

प्रहरी प्रशासनलाई आर्थीक प्रलोभन देखि राजनितीक आस्थाका आधारमा कानुन र नियमलाई मिचेर कमजोर बनाउने र दवाव सृजना गर्नेहरु देखि टाडै रहने खुलासा गर्दै डि एस पी मरासिनीले जनताको हितमा काम गरेर देखाउने प्रतिवद्धता समेत जनाएका छन् ।