हिमाललाई समृद्धिको आधार बनाउनु पर्दछ-मुख्यमन्त्री गुरुङ

हिमाललाई समृद्धिको आधार बनाउनु पर्दछ-मुख्यमन्त्री गुरुङ



गण्डकी, २७ पुस (रासस) :

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताउनु भएको छ ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको पर््रवर्द्धनमा  गर्न लागिएको हिमाल आरोहण पर््रवर्द्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा विदाई गर्दै उहाँले साहसिक पर्यटनका महत्वपर्ूण्ा आधार रहेका हिमश्रृखलालाई पर्यटनसंग जोडनु पर्ने बताउनुभयो ।

गण्डकी प्रदेश हिमाश्रृखलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उहाँले यिनीहरुको पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पुर्‍याउन सकिने बताउनुभयो ।

कोरोना महामारिका कारण समग्र पर्यटनलाई प्रभाव पारेपनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा वाह्रिय पर्यटकका लागि पोखरा खुल्ला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको बताउँदै उहाँले त्यसमार्फत प्राप्त हुने रोयल्टिलाई अन्य हिमालको पर््रवर्द्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा प|mान्सेली नागरिक मौरिस हर्जोगले अन्नपर्ूण्ा प्रथमको आरोहण गरेपनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमालहरु आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन पर्ूवाधार निर्माणमा जोड दिंदै आएको बताउँदै उहाँले पोखरालाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा पर्यटन पर््रवर्द्धन गर्नका लागि तीनै तहका सरकार, पर्यटन व्यवसायि तथा नागरिक समाजको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

हिमाल पारिको जिल्ला मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसंगै कोरोनाको कारण सिथिल बनेको पर्यटन पर््रवर्द्धनमा महत्वपर्ूण्ा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरुमा आरोहणका गतिविधि बढाउन पर््रवर्द्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । 

विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको टोलीले छ हजार १२ मिटर उचाईको धम्पुस पिक आरोहण गर्न लागिएको बताउँदै उहाँले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपर्ूण्ा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टर्राईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले शुरु गरेको व्यवसाय पर््रवर्द्धनकोष अभिलम्व कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।

 नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन पर््रवर्द्धनमा सवैको साथ र सहयोगको आवश्य पर्नेमा जोड दिंदै त्यसका लागि वोर्ड आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागि टोलीलाई राष्ट्रिय झण्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

आरोहण टोली आज मुस्ताङको मार्फा पुग्ने र दर्ुइ दिनमा पाँच हजार मिटर उचाईको याकखर्कको फेदिमा हुँदै बेसक्याम पुगेर दर्ुइ दिन आधारभूत तालिममा सहभागि हुने छन्  भने माघ ३ गते शनिवार मनोरम हिमाल धम्पुस आरोहण गर्ने कार्यक्रम रहेको छ ।

आठ दिनको उक्त आरोहण कार्यक्रम अर्न्तर्गत कूल २६ जनाको टोलीमध्ये दर्ुइ महिला सहित ९ जना व्यवसायि र एक जना सञ्चारकर्मी गरि १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ । आयोजकका अनुसार टोलीका अन्य सदस्य वेसक्यामबाट फर्किने भएका छन् ।