जनताको सुख दुःखको साथी प्रहरी हो : अर्याल

जनताको सुख दुःखको साथी प्रहरी हो : अर्याल



लेखनाथ,२८ पुस।

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालले प्रहरी जनताको दुःख सुखको साथी भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं २६ मा रहेको डाडाँकोनाक प्रहरी चौकीमा निर्माण गरिएको महिला तथा बालवालिका सहयोग कक्षको मंगलवार उद्घाटन गर्दै प्रमुख अर्यालले वद्रि लगाएका प्रहरी र बद्रि नलगाएका नागरिक एक आपसमा सहयोगी साथी भएको बताएका हुन् ।

जागिरी जिवनमा वद्रि लगाउदा प्रहरी हो भने जागिर पछिको जिवन नागरिक सरह भएकाले हामी सवै देशका राष्ट्रसेवक भएकाले प्रहरी र नागरीकका बिच सहकार्य हुनु पर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा अनुसार पुलिस प्रशासनले काम गर्ने हो भने जन समुदायबाट प्रहरीमा सकरात्मक शन्देस जानेमा जोड दिदै प्रमुख अर्यालले यो देशको शिर उच्च हुने गरि सवैले आफनो कर्तब्यलाई आत्मसाथ गरेर काम गर्नु पर्ने विश्वास ब्यक्त गरेका हुन् ।

भवन निर्माण समितिका अध्यक्ष कष्णहरी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य बावुराम गिरीले जहाँ सान्ती सुरक्षा हुन्छ त्यहाँ विकास निर्माण सम्भव भएकाले शान्ति सुब्यवस्था विना बिकास निर्माण सम्भव नभएको धारणा राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले राम्रो कामका लागि सवैको साथ रहने भएकाले प्रहरी र नागरिक समाजका बिच समोन्वय हुनु पर्ने सुझाव राखेका थिए भने डाडाको नाक प्रहरी चौकीका प्रमुख अर्जुन रानाभाटले लेखनाथ नगर क्षेत्रको शान्ति सुरक्षाका बारेमा जानकारी गराएका थिए ।

भबन निर्माण समितिकी कोषाध्यक्ष बुद्धिमाया थापा मगरले ११लाख १५ हजार सात सय १६ रुपियाँमा निर्माण भएको तिन कोठे भवनको आय ब्यय प्रस्तुत गरेको कार्यक्रममा सामुदायिक सेव केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने र सचिव कृष्ण प्रसाद अधिकारीले सवैको साथ सहयोगले भवन निर्माणको काम सम्पन्न भएको धारणा राखेका थिए।