अरुणालाई जिताउन मञ्चद्वारा सहयोग

अरुणालाई जिताउन मञ्चद्वारा सहयोग 



पोखरा, पौष २३ । अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्च नेपालले अरुणा शाहीलाई सहयोग गरेको छ । 

१७ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन मञ्चले आर्थिक सहयोग गरेको हो । मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए । 

मञ्चद्वारा आयोजित एक कार्यक्रममा अरुणालाई नगद हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले उनको प्रेरणाले सवै यूवा खेलाडीहरुमा उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे । मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले अरुणाको लगनशिलता र अनुशासनकै कारण उपलव्धी हासिल गरेको बताउँदै त्यसलाई जिवन्त राख्न आग्रह गरेे । 

सो अवसरमा कप्तान अरुणाले सवैको माया र सदभावले आफूले खेल क्षेत्रमा उपलव्धी हासिल गरेको बताउँदै यसलाई सँधै कायम राख्न आफू प्रयत्नशिल हुने वताइन ।  मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका महासचिब खेम वहादुर गुरुङ, सचित्र कृष्ण तिमिल्सिना, सहकोषाध्यक्ष महेश पौडेल लगाएतले अरुणालाई पल्सर स्पोर्टस अवार्डमा जितको शुभेच्छा प्रकट गरेका थिए ।

पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान अरुणालाई जिताउन एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको फेस बुक पेजमा फोटो लाइक वार् इ-सेवामार्फ भोटिङ गर्न सकिने छ । भोटिङ २७ गते सम्म राति १२ वजे सम्म जारि रहने अवार्डको आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।