जनप्रकाशको ६३ औं बाषिर्कोत्सव सम्पन्न

जनप्रकाशको ६३ औं बाषिर्कोत्सव सम्पन्न


लेखनाथ, २७ पुष।

विगतका वर्षा अतिथीको घुइचो, विद्यार्थीको ठेलमठेल र चर्को माईकको आवाजमा बाषिर्कोत्सव गर्दै आएको पोखरा -२९ को जनप्रकाश माविले सोमवार छोटो र छरितो तरिकाले आफनो ६३ औं बाषिर्कोत्सव सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गडमा त्रिपाल टागेर विद्यार्थीको सास्कृतक कार्यक्रममा अतिथीको चर्को भाषण हुने गरेको बाषिर्कोत्वलाई यस वर्षकोरना भाईरसका कारण विद्यालयको सभाहलमा प्रतिनिधीमुलक उपस्थीतिमा बाषिर्क साधारण सभा मनाईएको हो।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङले सामुदायिक विद्यालयको शौक्षीक गुणस्थरमा कमि आउन नदिनका लागि सहकार्यबाट अगाडी वढ्नु पर्ने सुझाव दिदै शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनु नहुने गरि कार्ययोजना वनाएर अगाडी वढनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा विद्ययालयका प्रधानाध्यापक शेखरनाथ शर्माले बिद्यालयको भौतिक तथा शैक्षिक प्रगती विवरण पेश गर्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ पौडेलले विद्यालयमा हाल भईरहेको तथा विद्यालयले दिईरहेको सुविधाका बारेमा जानकारी गराएका थिए ।

यसैगरि कार्यक्रममा अंगे्रजी माध्यमका संयोजक शालिकराम सुवेदिले अवको दुई वर्ष जनप्रकाशलाई कास्की कै नमुना विद्यालयको रुपमा स्थापित गराउनका लागि शैक्षिक गुणस्थरका कार्ययोजना लिएर अगाडी वढ्नु पर्ने धारणा राखेका थिए भने शिक्षक मनोज पौडेलले विद्यालयको बर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

विद्यालय ब्यवस्थपान समितिका अध्यक्ष वावुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ब्यवस्थापन समितिका सदस्य कमल पुलामीले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन साहायक प्रधानाध्यापक निरवहादुर चर्माकारले गरेको कार्यक्रम संचालन शिक्षक गोपीराज अधिकारीले गरेका थिए । अंगे्रजी र नेपाली माध्ययममा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयमा हाल  एक हजार एक सय जना विद्यार्थी अध्ययनरत छन ।