ब्रह्मरुपा माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव सम्पन्न


ब्रह्मरुपा माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव सम्पन्न


कविराज खनाल
लेखनाथ ,  २ माघ ।

पोखरा लेखनाथ महानगरापालिका वडा नं. ३२, राजाको चौतारामा रहेको  व्रह्म रुपा मााध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्षले ब्यानरमा हस्ताक्षर र पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गर्दै विद्यार्थीको उज्जल भविश्यको लागि शिक्षक र अभिभावक विच सुमधुर सम्वन्ध कायम हुन सके शैक्षिक विकासमा प्रदेश कै अत्यन्त उच्चकोटीको उत्कृष्ट प्राविधिक विद्यालय हुने कुरामा जोड दिदै  शिक्षाको दिगो विकास गर्न सके समाज अगाडी वढ्ने धाराणा राख्दै यस विद्यालयलाई प्रदेश कै सूचना प्रविधि मैत्री शिक्षाको मन्दिरका रुपमा अगाडी वढाउदै आगामी वर्ष देखि विद्यालयमा यातायातको सुविधा बढाउने  सुझाव व्यक्त गरे ।  

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवि तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद तिवारी, विद्यालयका पूर्व प्रधानाध्यापक  दुर्गालाल पण्डित, हरिप्रसाद पगेनी शैक्षिक पुरस्कारका संरक्षक हरीप्रसाद पगेनी लगायतले विद्यालयको शैक्षिक क्षेत्रको प्रगतीका वारेमा बोलेका थिए । साथै विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले आर्थिक विवरण र भावि रणनिति र योजना प्रस्तुत गर्दै कास्की जिल्लाकै सूचना प्रविधि मैत्रीे विद्यालयको रुपमा अगाडी वनाउने प्रतिवद्धता जनाए ।  

कार्यक्रममा शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा  विद्यालयको प्रविधि मैन्त्री विद्यालयको विकासमा योगदान पुर्याउनु हुने शिक्षक द्धय कविराज खनाल र पुकार श्रेष्ठ तथा शोभाखर सापकोटा र सचिन सुवेदीलाइ समेर्त सम्मान गरीएको थियो त्यसैगरी निवृत्त कर्मचारी बुद्धीनाथ तिवारी, सुमिता पौडल र मरोणप्रान्त सम्मान पुरस्कार स्व. हरीलाल तिवारीकी धर्मपत्नी नारायणी तिवारीलाई दोसल्ला ओढाएर  सम्मान गरिएको थियो ।  

वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ७ सय ७० जना  विद्यार्थी र ४१ जना शिक्षक कर्मचारी रहेका छन् । भने विद्यालयमा प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनियर अन्तरगत कक्षा ९ देखि १२ सम्म  र विज्ञान विषयको अध्यापन गराइएको छ । विद्यालयमा बमहिरा स्मृति पुरस्कार, विचित्रमोहन स्मृति पुरस्कार, चिरन्जीवि घिमिरे शिक्षा सम्मान पुरस्कार, हरिप्रसाद पगेनी शैक्षिक पुरस्कार, जितवृन्दा छात्रवृत्ति पुरस्कार, गोपीराज÷राधादेवी वाग्ले शैक्षिक पुरस्कार, शालिकराम छलिमाया स्मृति पुरस्कार, प्रतिमा स्मृती पुरस्कार, माधव इन्दिरा  पुरस्कार, वाटीका अवार्ड, शौरव स्टेसनरी पुरस्कार र कम्प्युटर शिक्षक कविराज खनालद्धारा प्रदान गरीने  कम्प्युटर संस्थापक पुरस्कार लगायतका पुरस्कार रहेका छन् ।

भने शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज पौडेले धन्यवाद राखेको सो कार्यक्रमको संचालन शिक्षक द्धय महेश्वर पण्डितर र शंकरप्रसाद मर्सैनीले गरेका थिए ।