लेखनाथ पत्रकारीता पुरस्कारका लागि छनोट समिति गठन

लेखनाथ पत्रकारीता पुरस्कारका लागि छनोट समिति गठन

File Photo


लेखनाथ,६ पुस।

हरेक पुस १५ गते कविशिरोमणी लेखनाथ पौडेलको जन्मजयन्तीका अवसरमा प्रदान गरिदै आएको लेखनाथ पत्रकारीता पुरस्कारका लागि छनोट समिति गठन गरिएको छ ।

लेखनाथ पत्रकार मञ्चको सोमवार बसेको बैठकले पुरस्कार छनोटका लागि अध्यक्ष भीमपाणि बराल संयोजक रहेको पाँच सदस्यीय पुरस्कार छनोट समिती गठन गरेको हो। जसको सदस्यमा सल्लाहकारहरुको तर्फबाट भरत तिवारी,लेखनाथ उद्योग बाणिज्य संघका प्रतिनिधी,पुर्व पुरस्कृत ब्यक्तिहरु मध्यबाट रामप्रसाद तिमिल्सेना र सदस्य सचिवमा मञ्चका सचिव विष्णुहरी पौडेल रहनु भएको छ ।

वि सं २०७३ साल देखि नियमीत रुपमा ११हजार एक सय ११ रुपियाँ राषिको उक्त पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बशन्तराज अधिकारी र वाशुदेव पौडेलले प्राप्त गरिसक्नु भएको छ ।

यस वर्षको पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मुल समारोह अर्घौ अर्चललेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।