गिरी नेउवा संघको गण्डकी प्रदेशको केन्द्रीय सदस्यमा विजयी

गिरी नेउवा संघको गण्डकी प्रदेशको केन्द्रीय सदस्यमा विजयी



लेखनाथ,१३ मंसिर ।

 

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनबाट लेखनाथ उद्योग बाणिज्य संघका पुव अध्यक्ष बाबुराम गिरी गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा विजय भएका छन् ।  

 

विहिवार देखि काठमाडौमा भएको महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनबाट गिरीले प्रतिसपर्दी वर्तमान गण्डकी प्रदेश केन्द्रिय सदस्य निर्माण श्रेष्ठ (वासु)लाई पराजीत गर्दै विजयी भएका हुन् ।

 

महासंघको गण्डकी प्रदेश केन्द्रिय सदस्य पदका लागि १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने ब्यवस्था भए अनुसार गिरीले नौ र श्रेष्ठले छ मत प्राप्त गरेको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले काठमाडौबाट जानकारी दिएका छन ।

 

गत बर्षको महासंघको निर्वाचनमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरी र बाग्लुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष निर्माण श्रेष्ठ (वासु) का विच प्रतिस्पर्दा हुदाँ श्रेष्ठ केही मतको अन्तरले विजयी भएका थिए ।

 

उता महासंघको बरिष्ठ उपाध्यक्ष पदमा लागी बर्तमान जिल्ला नगर उपाध्यक्ष किसोर प्रधान र एसोसेट सदस्य चन्द्र ढकाललका विच कडा प्रतिश्पर्दा रहेकाले यो समचार तयार पार्दा सम्म पनि मतगणनाको काम भईरहेको बताईएको छ ।