रोट्रयाक्ट क्लव अफ लेखनाथको दोस्रो साधारण सभा सम्पन्न

रोट्रयाक्ट क्लव अफ लेखनाथको दोस्रो साधारण सभा सम्पन्न; अध्यक्षमा श्रेष्ठ

जेठ १९, लेखनाथ ।
रोट्रयाक्ट क्लव अफ लेखनाथको दोस्रो साधारण सभा सम्पन्न भएको छ । क्लवका अध्यक्ष शिवराज अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रम मा पूर्व अध्यक्ष रोशन अधिकारी, सन्दीप ढुङ्गाना, नवराज पौडेल, सुजन न्यौपाने र निवर्तमान अध्यक्ष सन्दीप पौडेलको विशेष उपस्थिति संगै क्लबको बारेमा जानकारी दिंदै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बर्षभरी भएका गतिविधि समेटिएको रिपोर्ट सचिब कमल गौतम र बर्ष भरिको आर्थिक हिसाब किताब कोषााध्यक्षको रिपोर्ट कोषााध्यक्ष कृष्ण तिवारीले पेश गरेका थिए भने ४ जना डाइरेक्टर को रिपोर्ट डाइरेक्टर मार्फत पेश भएको थियो ।

साधारण सभामा बर्ष २०२०/२१ का लागि अध्यक्ष निर्वाचीत अध्यक्ष उत्तम श्रेष्ठले आगामी बर्ष २०२०/२१ को लागि १७ जनाको आफ्नो कार्यसमिती सार्बजनिक गरेका थिए भने निर्वाचीत अध्यक्ष र सम्पुर्ण मनोनीत कार्यसमितीलाई सम्पुर्ण उपस्थित पुर्ब अध्यक्ष तथा सस्थापक अध्यक्षले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य रोट्रयाक्ट क्लव अफ लेखनाथका उपाध्यक्ष गोपिकृष्ण तिवारीले गरेका थिए भने धन्यवाद ज्ञापन हालका अध्यक्ष सल्लाहकार प्रदिप आचार्यले गरेका थिए । कार्यक्रमको सन्चालन क्लवका सचिव कमल गौतमले गरेका थिए ।

कार्यक्रम जुम एप मार्फत भएको उक्त कार्यक्रम रोटयाकट क्लव अफ लेखनाथका कोषाध्यक्ष रोट्रयाक्ट कृष्ण तिवारीले होस्ट गरेका थिए ।