गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

जेठ २०, लेखनाथ ।

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जा र पर्वत जिल्लामा गरि १० जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षका ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि क्वारेन्टाइनमा रहेका २० बर्षिय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि संक्रमण भएको हो ।

पर्वत जिल्ला, फलेबास नगरपालिका घर भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० बर्षिय २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ बर्षिय ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि हो ।

स्वास्थ्य निर्देनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले उनीहरु सबैलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको जानकारी बताएका छन् ।

उनीहरुको परिक्षण पोखराको स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा गर्ने क्रममा रिपोर्ट पोजेटिभ आएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।