Latest News

लेखनाथ सामुदायिक सेवाकेन्द्रको कार्यक्रम ७७ जनाले रक्तदान गरे

लेखनाथ सामुदायिक सेवाकेन्द्रको कार्यक्रम ७७ जनाले रक्तदान गरे


लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाले शुक्रबार आयोजना गरेको आकस्मीक रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रमको इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रागत बरालले पहिलो रक्तदाता केन्द्रका सल्लाहकार टिकाराम पगेनीलाई ब्लड ब्याग हस्तान्तरण गरी सुभारंभ गरेका थिए ।
लेखनाथ क्षेत्रमा क्रियाशिल बिभिन्न सामाजिक व्यक्तिहरु सहित ७७ जनाले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रागंत बरालले कोरोनाको कहरका विच सामाजिक दुरी कायम गरी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्गले सेवाकेन्द्रले नागरिकसँगको सहकार्यमा रचनात्मक कार्य गरेको भन्दै, स्थानीय तहका वडा कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।
वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले अप्ठयारो परिस्थितिमा गरिने सामाजिक कार्यनै साहसिक कार्य हुने र नागरिक समाजबाट मुल्यांकन हुने बताए ।



सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ प्रथम भाइस डिष्ट्रिक गर्भनर विशेश्वर आचार्य, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका संयोजक सोमनाथ बास्तोला, लेखनाथ साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद बराल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, सेवाकेन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, कार्यक्रमका संयोजक कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष एल.पी ढुंगाना लगायतले सेवाकेन्द्रका गतिविधिका बारेमा बोलेका थिए ।
केन्द्रले लागु पदार्थ तथा दुव्र्यसन विरुद्धको सचेतना अभियान, रक्तदान कार्यक्रम, नागरिकसँग सुरक्षा अन्तरक्रिया, विभिन्न संघसंस्थाका अभियानमा सहयोग गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा लायन्स क्लव अफ पोखरा लेखनाथ सिटीको सहयोग तथा रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको थियो । सो कार्यक्रममा सेवाकेन्द्रको नयाँ बर्ष २०७७ सालको क्लोण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रमको संचालन सेवाकेन्द्रका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।