लकडाउनमा आश्रय ग्रुपले गर्‍यो नि:शुल्क खाना वितरण

लकडाउनमा आश्रय ग्रुपले गर्‍यो नि:शुल्क खाना वितरण


वैशाख २०, वेगनासताल

पोखरा ३१ मोहोरियामा रहेको ज्ञानकुन्ज विद्याश्रम मोहोरिया र नहरचोकमा रहेको आश्रय रेस्टुरेन्ट एन्ड लज संचालन गरेको आश्रय ग्रुपले लकडाउनले प्रभाव परेर खाना खान समस्या भएका स्थानीय नागरिक हरुका लागि नि:शुल्क खाना खुवाउने कार्यक्रम शुरु गरेको छ।

शनिबार मात्रै १ सय प्याकेट खाना बितरण गरेको ग्रुपले वैशाख २५ गते सम्मका लागि बिहान र बेलुका खानाको व्यवस्था गरेको ग्रुपका अध्यक्ष तथा संयोजक बिदुर त्रिपाठीले जानकारी दिएका छन् । बिहान र बेलुकाको खानाको समस्या हुने मजदुर र बिपन्न परिवार लाई लक्षित गरि यो कार्यक्रम सुरु गरेको उनले भने।


कोरोना भाईरसले संसार नै लकडाउनको प्रभाव भए संगै नेपाल पनि ४० औं दिन देखि लकडाउनमा छ। लकडाउनले गर्दा न्यून आय भएका तथा मजदुर हरु मर्कामा रहेकोले ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत नि: शुल्क खाना बितरण गरेको अर्का संचालक कृष्ण प्रसाद ढुङ्गानाले भने।
हाल बिद्यालय र रेस्टुरेन्ट लज संचालन गरेको आश्रय ग्रुपमा अध्यक्ष विदुर त्रिपाठी संगै कृष्ण प्रसाद ढुङ्गाना, सन्तोष तिवारी, रामकृष्ण लामिछाने र वसन्त ढकालको संयुक्त लगानी रहेको छ। तस्विर : सचिन रानाभाट ।