वडा नं ३१ का युवाद्धारा घुम्ती रगत संकलन कार्यक्रम

वडानं ३१ का युवाद्धारा घुम्ती रगत संकलन कार्यक्रम


लेखनाथ , १७ बैशाख
पोखरा ३१ का बिभिन्न टोल तथा समुहका युवाहरुको सक्रियतामा वडाका बिभिन्न स्थानमा रगत संकल अभियान संपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी वडा उपसमितिको आयोजनामा अयोजना गरिएको उक्त रक्त संकलन कार्यक्रमबाट ११७ युनिट रगत संकलन गरिएको हो । कोरोना लकडाउन लगायतका बिभिन्न संकटका बेला अस्पतालहरुमा रगतको पनि अभाव हुन सक्ने संभावनालाइ मध्यनजर गर्दै उक्त कार्यक्रम संचालन गरिएको संयोजक सन्तोष अधिकारीले बताए ।
वडाका मोहोरिया, सुकेडाँडा, बेगनासताल बसपार्क, लाकुरी, पचभैया देउराली, सुन्दरीडाँडा, बेगनास पौवा मा आकास्मीक घुम्ती रक्क्तदान सेवा संचालन गरि उक्त रगत संकलन गरिएको हो । कार्यक्रममा स्थानीय युवा लगायत बिभिन्न संस्थाका सरोकारवालाको उपस्थिित र सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सुर्य ढकाल लगायत वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापा, बेगनास युवाक्लबका अध्यक्ष राम रानाभाट, लाकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछाने, पचभैया प्रगतिशिल युवा मंचका अध्यक्ष सुनिल थापा, नेपाल रेडक्रस सोसाइटि वडा ३१ उपशाखा अध्यक्ष रुद्रनाथ अधिकारी, उपाध्यक्ष बबिता सुवेदी लगायतले बोलेका थिए ।