लेखनाथ महोत्सव २०७० मंसिरमा

लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन भदौंमा
लेखनाथ महोत्सव २०७० मंसिरमा

लेखनाथ, २३ श्रावण

उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ वि.स. २०५४ साल असार २० गते स्थापना भएको लेखनाथ तथा परिसरका गा.वि.सहरुका उद्योगी र व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको ९ औं महाधिवेशन तथा १७ औं वार्षिक साधारण सभा यहि भदौ २८ र २९ गते हुने संघको बुधवार बसेको १९ औं कार्य समितिको बैठकले निर्णय गरेको छ ।

उक्त महाधिवेशनबाट वर्ष २०७०— २०७२ का लागि दुई वर्षका लागि नयाँ कार्य समिति चयन हुने समेत बताईएको छ । उक्त कार्य समिति वैठकमा यस अगाडी वर्तमान द्धितीय उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र महासचिव बावुराम गिरी अध्यक्ष पदका लागि चर्चामा आएता पनि संघको संस्थागत हित, कार्यगत एकता र समग्र लेखनाथको विकासका लागि फुटेर होइन जुटेर अगाडि बढ्नुपर्ने लेखनाथको आवश्यकतालाई मनन् गर्दै द्धितीय उपाध्यक्ष त्रिपाठीले आफ्नो अध्यक्ष पदमा उमेदवारी नदिने र आफ्नो पूर्ण समर्थन बावुराम गिरी प्रति रहेको जानकारी साथै सवै साथीहरुलाई सहयोग गर्र्नका लागि कार्य समितिको बैठकमा अनुरोध गर्नुभएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सवको दशौं संसकरण यहि मंसिर २७ गते विहिवार देखि पौष ८ गते मंगलवार सम्म आयोजना हुने साथै आगामी वर्षहरुमा पनि मंसिर महिनामा संचालन गरिने निर्णय भएको छ ।